दफा ९
मध्यस्थले शपथ लिनु पर्ने
(१) मध्यस्थताको काम कारबाही शुरु गर्नु अघि मध्यस्थले अनुसूचीमा उल्लेख भए अनुसार निष्पक्षता तथा इमान्दारिताको दुई प्रति लिखित शपथमा दस्तखत गर्नु पर्नेछ र त्यस्तो शपथको एक प्रति मिसिल साथ राखी अर्को एक प्रति उच्च अदालतमा पठाउनु पर्नेछ ।
(२) कुनै पनि मध्यस्थले उपदफा (१) बमोजिम शपथ लिनु अघि निजले समाधान गर्नु पर्ने विवादका सम्बन्धमा निजको निष्पक्षता वा स्वतन्त्रताका सम्बन्धमा मनासिब माफिकको शंका गर्नु पर्ने कुनै कुरा भएमा सो कुरा सम्बन्धित पक्षहरुको जानकारीमा ल्याउनु पर्नेछ ।